१. गुणस्तरीय स्वास्थ्य सेवा: सबै वर्गका नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रोगको रोकथाम, उपचार, र पुनर्स्थापना मार्फत जीवनको गुणस्तर सुधार गर्नु। २. समानता र पहुँच: स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै विशेषगरी ग्रामीण र पिछडिएका समुदायहरूलाई प्राथमिकतामा राख्ने। ३. समुदाय सहभागिता: समुदायको सक्रिय सहभागितामा आधारित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै स्वास्थ्य सचेतना र शिक्षा प्रवर्द्धन गर्नु। ४. संसाधनको सही उपयोग: अस्पतालका भौतिक, मानव र वित्तीय संसाधनको अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवामा नविनता र कुशलता प्रवर्द्धन गर्नु। ५. सुदृढ साझेदारी: स्वास्थ्य क्षेत्रमा सरकारी र गैर-सरकारी संघसंस्थासँग सहकार्य गर्दै स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउनु। ६. दिगो विकास: पर्यावरणीय र सामाजिक पक्षलाई ध्यानमा राख्दै दिगो स्वास्थ्य सेवाको लागि समर्पित रहनु।